Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, १८ फागुन २०७९, ११ : १६ मा प्रकाशित

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (बिहिबार) अन्तिम दिन रहेको हो ।

साधारणसभाको मिति तय गरि उक्त सभा प्रयोजनकालागि डिप्रोक्स लघुवित्तले फागुन १९ गते र सपोर्ट लघुवित्तले फागुन २१ गते आइतवार बुक क्लोज गर्ने निर्णय गरेका छन् । तसर्थ फागुन १८ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्र सो लाभांश लिन र उक्त साधारण सभामा सहभागि हुन पाउनेछन् ।

डिप्रोक्स लघुवित्तले फागुन ३० गते साधारणसभा बोलाएको छ । उक्त कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि समेत ११.५२६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यस्तै, सपोर्ट लघुवित्तको चुक्ता पुँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत ०.५७८९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्न चैत ४ गते साधारणसभा बोलाएको छ।

यस अनुसार फागुन १८ गतेसम्म कायम भएका शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागि हुन र कम्पनीले वितरण गर्ने बोनस शेयर र नगद लाभांश पाउनेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको