Like us!
Follow us!
Connect us!
Watch us!

‘आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले निर्णय गरे’

अर्थ संसार

शुक्रबार, १९ जेठ २०८०, १५ : ०६ मा प्रकाशित

‘आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले निर्णय गरे’

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस संलग्न भएको सरकारले हालै गरेका निर्णयहरू पार्टी सभापति शेरबहादुर देउवा एक्लैले गरेको बताएका छन्। नेपाल प्रेस युनियन उपत्यका प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशनको आज उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कांग्रेस संलग्न भएको सरकारले हालै गम्भीर र जनचासोको निर्णयहरू गर्‍यो । आममाफी, नागरिकता र सांसद विकास कोषजस्ता कैयौँ विषयका सन्दर्भमा पार्टी सभापति एक्लैले गरेको हो।’

उनले व्यक्ति बदलिएमात्रै कांग्रेस बदलिने बताएका छन् । थापाले सो निर्णय गर्नुअघि सभापति देउवाले पार्टीमा कुनै छलफल नगरेको दाबी गरे। आफूले पछि मात्रै थाहा पाएको उनले दाबी गरे।

“कुशासन, बेतिथी र भ्रष्टाचार अन्त्य गरी भविश्य दिने पार्टीका रुपमा कांग्रेसलाई स्थापित गर्न सकेमात्र कांग्रेसप्रति जनतामा आकर्षण पैदा हुन्छ”, उनले भने। पार्टीभित्र विश्वास फर्काउन कांग्रेस बदलिनुपर्नेमा उनले जोड दिए । 

महामन्त्री थापाले सङ्घ, प्रदेश र स्थानीय तहमा सबैभन्दा धेरै सिट जितेको कांग्रेसले जनतामा आशालाग्दो काम गरे आगामी निर्वाचनमा अझ धेरै सिट जित्ने दाबीसमेत गरे ।  

“कांग्रेसभित्रको गुठ भत्काउनुपर्छ, सदस्यता प्रणाली बदल्नुपर्छ, उम्मेदवार संसदीय समितिले होइन जनताले छान्ने व्यवस्था गर्नुपर्छ”, महामन्त्री थापाले भने । महामन्त्री थापाले टिकटका लागि पार्टी नेतृत्वतिर फर्कने अवस्थाको अन्त्य गरी जनतातिर जाने परिस्थिति पार्टीभित्र सिर्जना गर्नुपर्ने बताए । कांग्रेस बदलिए देशको परिस्थिति बदलिने उनको भनाइ थियो ।

उनले श्रमजीवी पत्रकारको पक्षमा नेपाल प्रेस युनियन लाग्नुपर्ने बताए। कांग्रेसले विधिको शासन, लोकतन्त्र र प्रेस स्वतन्त्रताको बेवास्था गरेमा खबरदारी गर्ने काम प्रेस युनियनको भएको उनको भनाइ थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको