Like us!
Follow us!
Connect us!
Watch us!

तीन दलको अवरोधपछि संसद बैठक एक घण्टाका लागि स्थगित

अर्थ संसार

आइतबार, २१ जेठ २०८०, १२ : ५६ मा प्रकाशित

तीन दलको अवरोधपछि संसद बैठक एक घण्टाका लागि स्थगित

नेकपा (एमाले),राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा०ले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गरेपछि आजको बैठक १ घण्टाका लागि स्थगित भएको छ ।

राष्ट्रपतिबाट संसद् छलेर असंवैधानिक रूपमा विवादास्पद नागरिकता विधेयक प्रमाणीकरण गरेको तथा प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्ति राष्ट्रघाती रहेको भन्दै एमालेले जवाफ मागेको हो ।

प्रधानमन्त्रीले माफी नमागेसम्म संसद चल्न नदिने प्रमुख सचेतक पदम गिरीले अडान राखेका छन् । एमालेसहित प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले एक घण्टाको लागि बैठक स्थगित भएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको