Like us!
Follow us!
Connect us!
Watch us!

एमालेको अवरोधपछि पुनः स्थगित भयो संसद्

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १३ : ५६ मा प्रकाशित

एमालेको अवरोधपछि पुनः स्थगित भयो संसद्

नेकपा (एमाले)ले प्रतिनिधिसभाको बैठक अअवरुद्ध गरेको छ । एक क्विन्टल सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्च स्तरीय समिति गठनको माग गर्दै एमालेले आज (बुधबार) पनि संसद् बैठक अवरुद्ध गरेको हो । 

एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको छ । एमालेले साउन १० यता लगातार प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ । 

सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्ने एमालेको माग कायमै छ । अर्थमन्त्री र गृहमन्त्रीलाई सोधपुछ कस्ले गर्ने भन्दै एमालेले त्यसका लागि उच्च स्तरीय समिति गठन गर्न माग गरिरहेको छ । तर, सरकार भने यस विषयमा समिति गठन गर्नबाट पन्छिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको