Like us!
Follow us!
Connect us!
Watch us!

‘१० टाउके भएर पनि देश चलाउन सकेन’

अर्थ संसार

बुधबार, १७ साउन २०८०, १६ : ५६ मा प्रकाशित

‘१० टाउके भएर पनि देश चलाउन सकेन’

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले १० दल मिलेर पनि देश चलाउन नसकेको टिप्पणी गरेका छन् । आज (बुधबार) तुलसीलाल अमत्यको २६औं स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपालको लोकतान्त्रिक एवं कम्युनिष्ट आन्दोलनका विगत, वर्तमान र भविष्य विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको गठनबन्धन सरकारले देश चलाउन नसकेको बताए। ‘भाग्यमा छ भनेर डोकामा दुध दुहुन खोज्यो भने अडिदैन । हामी बाहेक अरु कसैले अब देश चलाउनै सक्दैनन् । १० टाउके भएर चलाउँदा खेरी पनि चलाएनन् नि ।’– उनले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको