Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

अर्थ संसार

मंगलबार, २३ जेठ २०८०, ११ : २३ मा प्रकाशित

लक्ष्मी क्यापिटलद्वारा डिम्याट खाताको वार्षिक नविकरण शुल्क बुझाउन आग्रह

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले हितग्राही (डिम्याट) खाताको वार्षिक नविकरण शुल्क बुझाउन हितग्राही खातावालालाई आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै खाताको वार्षिक नविकरण शुल्क बुझाउन हितग्राही खातावालालाई आग्रह गरेको हो ।

लक्ष्मी क्यापिटलमार्फत् हितग्राही खाता खोलि धितोपत्रको कारोबार गरिरहेका खातावालामध्ये नविकरण गर्न बाकि रहेका हितग्राही खातावालालाई चालु आर्थिक वर्षको असार मसान्तभित्र नविकरण शुल्क बुझाउन आग्रह गरेको छ ।

साथै, क्यापिटलकाअनुसार आफुलाई पायक पर्ने लक्ष्मी बैंकको नजिकको शाखा कार्यालयमार्फत १ सय रुपैयाँका दरले नविकरण शुल्क बुझाउन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको