Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् रिजल्ट

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १० : ५५ मा प्रकाशित

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड सम्पन्न, यसरी हेर्नुस् रिजल्ट

नेपाल रिपब्लिक मिडिया लिमिटेडले पहिलो चरणको आइपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज (बुधबार) बिहान सेयर बाँडफाँड सम्पन्न गरेको हो । 

कम्पनीले विदेशीक रोजगारीमा रहेका नेपाली श्रमिकलाई ४ लाख ३५ हजार ३ सय कित्ता सेयर निष्कासन गरेको थियो । आइपीओमा कुल २० हजार ७ सय ९१ जनाको आवेदन परेकोमा २० हजार ७ सय ८५ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ  ।

योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर सेयर बाँडफाँड गरिएको हो। जसअनुसार १० कित्ता वा बढीको लागि आवेदन दिने २० हजार ७ सय ८५ जनाले १० कित्ता कै दरले शेयर पाएका छन् । 

त्यस्तै, २० कित्ता वा बढीका लागि आवेदन दिने १६ हजार ५ सय ९५ जनाले थप १० कित्ता सेयर पाएका छन् । त्यस्तै ३० कित्ता वा सो भन्दा बढीका लागि आवेदन दिने १२ हजार १ सय ११ जना मध्ये ६ हजार १ सय ५० जनाले थप १० कित्ता सेयर पाएका छन् । उक्त हिसाबमा लगानीकर्ताले अधिकतम ३० कित्तासम्म सेयर पाएका छन् ।

यसरी हेर्नुस् रिजल्ट:

आइपीओ नतिजा बिक्री प्रबन्धक मेगा क्यापिटलको वेबसाइट  https://megacapitalmarkets.com/, सिडीएससीको मेरो सेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आइपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको