Like us!
Follow us!
Connect us!
Watch us!

इतिहासमै पहिलो पटक उपप्रधानमन्त्रीले गरे रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, कतिले पाए सेयर?

अर्थ संसार

सोमबार, ११ असार २०८०, ११ : ३१ मा प्रकाशित

इतिहासमै पहिलो पटक उपप्रधानमन्त्रीले गरे रिपब्लिक मिडियाको आइपीओ बाँडफाँड, कतिले पाए सेयर?

नेपालको पहिलो पब्लिक मिडियाको रुपमा परिचित नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ बाँडफाँड सम्पन्न गरेको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले आज (सोमबार) ठमेलस्थित् होटेल अलोफ्टमा आईपीओ बाँडफाँड गरेको हो ।

सो आइपीओ बाँडफाँड कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणराजी श्रेष्ठ प्रमुख अतिथिको रुपमा सहभागी भएका छन । उनी आईपीओ बाँडफाँड गर्न त्यहाँ पुगेका हुन् । उनले नै गोलाप्रथा गर्ने बल झिकेको जनाइएको छ। इतिहासमा पहिलो पटक उपप्रधानमन्त्रीले आईपीओ बाँडफाँड गरेको हो । 

बिक्री प्रबन्धककाअनुसार आईपीओमा कुल १२ लाख ९९ हजार ७ सय २७ जना आवेदकबाट कुल १ करोड ४१ लाख ९ हजार ५ सय ६० कित्ताको लागि आवेदन परेको थियो । त्यसमध्ये १२ लाख २७ हजार ५ सय ६९ जना आवेदक मात्र सेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ । 

यस हिसावमा ७१ हजार १ सय ५८ जनाको आवेदन रद्द भएको छ। माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको छ ।

जसअनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले सेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता सेयर र बाँकी ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कित्ता सेयर पाएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको