Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रिपब्लिक मिडियाको आईपीओ असार ११ गते बाँडफाँट हुने, कतिले पाउलान् सेयर ?

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १७ : ३२ मा प्रकाशित

नेपाल रिपब्लिक मिडियाको आईपीओ असार ११ गते बाँडफाँट हुने, कतिले पाउलान् सेयर ?

नेपालको इतिहासमा पहिलो पटक मिडिया कम्पनीको आइपिओ निष्काशन गरेको  नेपाल रिपब्लिक मिडिया कम्पनीको आइपीओ यहि असार ११ गते (सोमबार) बाँडफाँट हुने भएको छ ।  हिजो (बुधबार) प्रि–अलोटमेन्ट सम्पन्न गरी आगामी सोमवार आईपीओ बाँडफाँट गर्ने तयारी गरिएको विक्री प्रबन्धक मेगा क्यापिटले जनाएको हो ।

कम्पनीले आफ्नो जारी पूँजी ९६ करोड ७५ लाख रुपैयाँको ४४.९९२२ प्रतिशत अर्थात ४३ करोड ५३ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४३ लाख ५३ हजार कित्ता सेयर निष्काशन निष्काशन  गरेको हो ।यी मध्य ४ प्रतिशतले हुन आउने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको थियो । 

कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३०० कित्ता सेयर निष्काशन गरेको थियो ।कम्पनीले कर्मचारीहरुका लागि निष्काशन गरेको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँडफाँड नभएको ९३ हजार ९६१ कित्ता ससेयर सहित गरी कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको थियो। आइपिओमा ३.८४ गुणा बढी  आवेदन परेको हो ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १२ लाख ८२ हजार ३६३ जना आवेदकबाट १ करोड २९ लाख २३ हजार ३८० कित्ताका लागि आवेदन परेको थियो ।  जसअनुसार कम्पनीको आईपीओ ३ लाख ६१ हजार ९८९ जना आवेदकले १० कित्ताका दरले पाउनेछन् भने एक जना आवेदकले ११ कित्ता शेयर पाउनेछन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको