Like us!
Follow us!
Connect us!
Watch us!

६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसकिने उपेन्द्र यादवको भनाई

अर्थ संसार

बुधबार, २४ जेठ २०८०, १४ : ५७ मा प्रकाशित

६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसकिने उपेन्द्र यादवको भनाई

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बजेटले लक्ष्य अनुरुपको ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्न नसक्ने बताएका छन्। आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि  टिप्पणी गर्दै यस्तो बताएका हुन् । 

आज (बुधबार) प्रतिनिधि सभा बैठकमा बोल्दै अध्यक्ष यादवले बजेट विकृत पुँजीवादी र नवउदारवादी सिद्धान्तमा आधारित रहेको उल्लेख गरे। उनले बजेट संविधानले परिकल्पना गरे अनुरुपको समाजवादउन्मुख नभएकोसमेत बताए। 

उनले भने – ‘बजेट समाजवादउन्मुख छँदै छैन। बजेट विकृत पुँजीवादी या नवउदारवादी सिद्धान्तमा आधारित छ। यस किसिमको बजेटले समाजवादउन्मुख बाटो पक्रन सक्दैन। समाजवादउन्मुख होइन समाजवाद विमुख बजेट रहेको छ। आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशत हासिल गर्ने भनिएको छ। तर यो बजेटबाट ६ प्रतिशत वृद्धिदर हासिल गर्न असम्भव छ।’’

उनले बजेट भोकमरी, गरिबी, बेरोजगारी र अशिक्षाबाट जनतालाई मुक्त गर्नेगरी आउनुपर्नेमा त्यस्तो हुन नसकेको बताए। अध्यक्ष यादवले बजेट निर्माणमा अर्थ मन्त्रालयका कर्मचारीको व्यक्तिगत स्वार्थ हाबी भएको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको