Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छः महामन्त्री थापा

अर्थ संसार

विहीबार, २५ जेठ २०८०, १५ : ४९ मा प्रकाशित

नेपालले पनि सांस्कृतिक नक्सा जारी गर्नुपर्छः महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालले पनि आफ्नो सास्कृतिक नक्सा जारी गरी हक खोज्नुपर्ने बताएका छन्। 

बिराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले भारतले सांस्कृतिक नक्सा जारी गर्न सक्छ भने नेपाले पनि सांस्कृतिक र भौगोलिक नक्सा जारी गर्नुपर्ने बताएका हुन् । 

सो अवसरमा उनले लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथि नेपालको अधिकार भएको र कसैले खोसेर लैजान नसक्ने स्पष्ट पारे । 

उनले कांग्रेस पार्टीभित्र परिवर्तनको चाहना अभिव्यक्त गर्ने मुख्य थलो आगामी भदौमा हुन लागेको नीति अधिवेशन हुने बताए । उनले नीति महाधिवेशनले पार्टीका केही निर्णयबारेमा पुनःविचार गर्न र पार्टीलाई ठीक ठाउँमा उभ्याउने दुरगामी निर्णय लिनेमा विश्वास व्यक्त गरे ।

उनले वर्तमान सरकारलाई जनतामा अनुभुति हुने गरी काम गर्न सुझाव दिए । महामन्त्री थापाले कांग्रेसले वर्तमान गठबन्धन सरकार बदल्ने सम्बन्धमा कुनै विकल्प नसोचेको समेत प्रष्ट पारे।-रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको