नेपाली कांग्रेसका सांसद दीपक गिरीले सांसदलाई वडाध्यक्षको स्तरमा दाँजेको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई धन्यवाद दिएका छन् । आज (आइतबार) प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलका क्रममा उनले कामनापाका मेयर शाहलाई धन्यवाद दिएका हुन् ।
“म त सलाम गर्छु बालेनजीलाई । उहाँले हामी झोलेलाई वडाध्यक्षको स्तरमा पुर्याइदिनुभयो,” सांसद गिरीले भने, “चिन्न छोड्नुभयो होला भन्ने फोन आउँछ । जनताको स्तर यस्तो छ ।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस