सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोशी प्रदेशस्थित रंगेली अस्पताललाई २ वटा पोस्ट अपरेशन मोनिटर र एउटा भ्याक्सिन स्टोरेजका लागि फ्रिज प्रदान गरेको छ । शुक्रबार सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड प्रदेश कार्यालय विराटनगरमार्फत शाखा कार्यालय रंगेलीद्वारा रंगेली अस्पातलाई एक समारोहकाबीच उक्त सामान प्रदान गरेको हो ।
उक्त कार्यक्रममा रंगेली नगरपालिकाका नगर प्रमुख दिलीप कुमार अग्रवाल, उपप्रमुख भुमा पराजुली, रंगेली अस्पाताल विकास समितिका अध्यक्ष साथै अन्य अस्पातल प्रशासनका कर्मचारी र बैंकका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।
यसका साथै सिटिजन्स बैंकले डिल्लीबजारस्थित डिल्लीबजार कन्या क्याम्पसलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रोजेक्टर हस्तान्तरण गरको छ । विद्यार्र्थीहरुलाई पठानपाठनमा सजिलो होस् भन्ने मनासयले प्रोजेक्टर प्रदान गरको हो ।
निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमहरु प्रदेशका अन्य शाखाहरु मार्फत सञ्चालन गर्ने योजना रहेको जनाएको छ । सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको यस बकैंले आगामी दिनहरुमा अन्य सशक्त ढंगबाट यस्ता कार्यक्रमहरु अगाडि बढाउने योजना रहेको जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस