Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेद्वारा ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०६९’ सूचीकरण खारेज

अर्थ संसार

आइतबार, २८ जेठ २०८०, १७ : ३८ मा प्रकाशित

नेप्सेद्वारा ‘८% एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०६९’ सूचीकरण खारेज

एभरेष्ट बैंकको १० वर्षे अवधिको ऋणपत्र परिपक्व भएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकरण खारेज गरिदिएको छ । बैंकले २०७० साल जेठ २८ मा जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०६९’ नामको ऋणपत्र परिपक्व भएको हो । नेप्सेले जेठ २८ गतेको निणर्यअनुसार बैंकको उक्त ऋणपत्र खारेज गरेको जानकारी गराएको छ । 

बैंकले प्रतिऋणपत्र रू १ हजार मूल्यमा ४ लाख ६८ हजार ८४५ कित्ता ऋणपत्र जारी गरेको थियो । जेठ २८ गतेदेखि परिपक्व भएको सो ऋणपत्रका धनीहरूले रकम भुक्तानीका लागि बैंक खाताको विवरण उपलब्ध गराइदिन बैंकले भनेको छ ।

सम्बन्धित ऋणपत्रधनीहरूले ऋणपत्रको सक्कल प्रमाणपत्र, ब्याज भुक्तानी पुर्जा, नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपिसहित बैंक खाताको विवरण उपलब्ध गराउनुपर्नेछ ।

ऋणपत्र धनीहरूले बैंकको मुख्य कार्यालय सेयर शाखा लाजिम्पाट, काठमाडौं र बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क राख्न सक्ने जानकारी बैंकले दिएको छ । 

स्वयं ऋणपत्र धनी उपस्थित हुन नसक्ने अवस्थामा ऋणपत्रधनीले रीतपूर्वकको मञ्जुरीनासहित मञ्जुरीनामा प्राप्त गर्ने व्यक्तिको परिचयपत्रको प्रतिलिपिसमेत अनिवार्य रूपमा पेश गर्नुपर्ने बैंकको भनाइ  छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको