Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी प्याडका साथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन हस्तान्तरण

अर्थ संसार

सोमबार, २९ जेठ २०८०, १४ : २४ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टरलाई सेनेटरी प्याडका साथै तीनवटा सेनेटरी भेन्डिङ मेसिन हस्तान्तरण

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत अर्ली चाइल्डहुड डेभलपमेन्ट सेन्टर, बटरफ्लाई होम र जुवेनाइल करेक्सनमा रहेका बालिकाहरूको सरसफाइको आवश्यकतालाई मध्यनजर गर्दै दुई वर्षको सेनेटरी प्याडका साथसाथै तीनवटा सेनेटरी भेन्डिङ मेसिनहरू उपलब्ध गराएको छ । 

बैंकले बालिकाहरूको सरसफाइ आवश्यकताहरू सुरक्षित गर्न र उनीहरूले सामना गर्ने चुनौतीहरूलाई कम गर्ने उदेश्यले गैर नाफामूलक संस्थाकि संस्थापक अध्यक्ष पुष्पा बस्नेतलाई एक समरोहकाबीच सो सामाग्री हस्तान्तरण गरको हो । 

सोही कार्यक्रम लाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले संस्थाको मान्यता प्रत्येक बालिकाको महिनावारी स्वास्थ्य व्यवस्थापन, उचित सरसफाइ सुविधा र आवश्यक स्रोतहरूमा पहुँच हुनुपर्छ भन्ने रहेको बताउदै सोही उदेश्यले सिटिजन्स बैंक इन्टरनेशनलले सहयोग प्रदान गारेकोमा धन्यवाद ज्ञापन गरे ।

संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा  स्वस्थ शिविर सन्चलन, समुदायिक विद्यालय एंव मठ मन्दिरहरुमा सहयोगहरु गरिसकेका छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको