Like us!
Follow us!
Connect us!
Watch us!

रावा इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, १६ : ३५ मा प्रकाशित

रावा इनर्जीको आईपीओ बाँडफाँड सम्पन्न, तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

रावा इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले जेठ १८ गते, बिहीबारदेखि जेठ २२ गते, साेमबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (जेठ ३० गते, मंगलबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड अहिले दिउँसाे ४ बजे निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे कार्यालय कमलादी, काठमाडाैँमा गरिएकाे हाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा कुल ११ लाख ८५ हजार २ सय ६ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । जसमध्ये १ लाख ७ हजार ४ सय ४६ जनाको आवेदन रद्द भएको छ । बाँकी रहेका १० लाख ७७ हजार ७ सय ४० जना लगानीकर्तालाई बाँडफाँडमा सहभागी गराइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे। गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ६४ हजार ३ सय ६६ जना लगानीकर्ताहरूले मात्रै सेयर हात पारेका छन् । यी मध्ये ७ जनाले ११ कित्ता सेयर पाएका हुन् भने बाँकी लगानीकर्ताहरूले १० कित्ताको दरले सेयर पाएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ८ करोड ४० लाख रुपैयाँ बराबरको ८ लाख ४० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये पहिलाे चरणमा १०% अर्थात् ५६ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ८७ हजार ६७० कित्ता सेयर बाँडफाँड गरेको थियो । 

उक्त समयमा स्थानीय बासिन्दाले खरिद नगरेको १ लाख ९३ हजार कित्ता थप गरी सर्वसाधारणको लागि ६ लाख ९६ हजार ३३० कित्ता आईपीओ निष्कासन गरेको थियाे । जसमध्ये कर्मचारीलाई १५ हजार ४७ कित्ता र सामूहिक लगानी कोषका लागि ३७ हजार ६१६ कित्ता आईपीओ छुट्याइएको थियाे । बाँकी ६ लाख ४३ हजार ६ सय ६७ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्दथे । 

तपाईँलाई पर्यो की परेन ? यसरी हेर्नुस् नतिजा

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे वेबसाइट, रावा इनर्जी कम्पनी लिमिटेडको वेबसाइट र मेराे सेयरबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको