Like us!
Follow us!
Connect us!
Watch us!

कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोले दिए आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन

अर्थ संसार

मंगलबार, ३० जेठ २०८०, १७ : १६ मा प्रकाशित

कान्तिपुर टेलिभिजन र सानिमा हाइड्रोले दिए आईपीओ निष्कासन गर्न सेबोनमा निवेदन

थप २ वटा कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएका छन् ।

कान्तिपुर टेलिभिजन नेटवर्क

कान्तिपुर टेलिभिजन नेटवर्कले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा कुल ७ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न जेठ २८ गते, आईतबार सेबाेनमा निवेदन दिएकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।

सानिमा हाइड्रोपावर कम्पनी लिमिटेड

सानिमा हाइड्रोपावर कम्पनी लिमिटेडले आयाेजना प्रभावित क्षेत्रका स्थानिय र सर्वसाधारणहरूका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा कुल २४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्नका लागि जेठ २६ गते, शुक्रबार सेबोनमा निवेदन दिएको हो । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेकाे छ ।

 

648855730f8b4.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको