Like us!
Follow us!
Connect us!
Watch us!

थप ४ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती, कुल संख्या १३५ पुग्याे

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १० : ४६ मा प्रकाशित

थप ४ कम्पनीलाई संस्थागत लगानीकर्ताको रुपमा काम गर्न सेबोनको स्वीकृती, कुल संख्या १३५ पुग्याे

नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले संस्थागत लगानीकर्ताकाे रूपमा काम गर्न थप ४ कम्पनीलाई स्वीकृति प्रदान गरेकाे छ । याे सँगै संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीकाे संख्या १३५ पुगेकाे छ । यसअघि बाेर्डले पहिलाे चरणमा ४६ वटा, दोस्रो चरणमा थप १८ वटा, तेस्रो चरणमा ७ वटा कम्पनी, चौथो चरणमा ९ वटा, पाँचाै चरणमा ५ वटा, छैठाैँ चरणमा २ वटा, साताैँ चरणमा ८ वटा, आठाैँ चरणमा ५ वटा, नवाैँ चरणमा ६ वटा , दशाैँ चरणमा ३ वटा, एघाराैँ चरणमा ७ वटा, बाह्राैँ चरणमा ५ वटा र तेह्राैँ चरणमा ७ वटा कम्पनीलाई स्वीकृति दिएको थियो  । 

थपिएका कम्पनीहरूमा एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २, लागत इन्भेष्टमेन्ट, राष्ट्रिय वाणिज्य बैंक र टु नर्थ एसोसिएट्स प्रालि रहेका छन् ।  

योग्य संस्थागत लगानीकर्ताले निष्कासनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन,भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सू सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गर्ने जस्ता कार्य गर्दछन् ।

संस्थागत लगानीकर्ताको रुपमा कार्य गर्न याेग्य कम्पनीहरू यस प्रकारका छन् :

64894bb613cc0.jpg

64894bb600520.jpg

64894bb63d276.jpg

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको