Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकका ग्राहकहरुले यी संस्थामा १५ प्रतिशतसम्म विशेष छुट पाउने

अर्थ संसार

बुधबार, ३१ जेठ २०८०, १३ : ५६ मा प्रकाशित

सिटिजन्स बैंकका ग्राहकहरुले यी संस्थामा १५ प्रतिशतसम्म विशेष छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन ।

बैंकका ग्राहकहरुले आदर्सनगर, विरगन्ज अवस्थित औरा इलेभेनका सेवाहरुमा अधिकतम १५ प्रतिशत छुट पाउने छन । यसैगरी कन्चनरmप, सप्तरीमा अवस्थित एम डी हेल्थ केयर हस्पिटलका सेवाहरुमा अधिकतम १० प्रतिशत सम्म छुट पाउने छन । 

यसैगरी बोदेबर्साइन, सप्तरीमा अवस्थित बोदेबर्साइन लाइफ केयर पोली क्लिनिकका सेवाहरुमा अधिकतम १७ प्रतिशत सम्म छुट पाउने छन भने कावाशोती, नवलपुर अवस्थित कालिगन्डकी नारायणी सामुदायिक हस्पिटलका सेवाहरुमा अधिकतम १५ प्रतिशत सम्म छुट पाउने छन । 

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको