नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडकाे हकप्रद सुरक्षित गर्ने आज (जेठ ३२ गते, बिहीबार) अन्तिम दिन रहेकाे छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि असार १ गते बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, आज (जेठ ३२ गते, बिहीबार) सम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै हकप्रद सेयर भर्न पाउनेछन् ।
कम्पनीले १ः०.५ (अर्थात विद्यमान १० कित्ता साधारण सेयर बराबर नयाँ ५ कित्ता साधारण सेयर) को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ दरको ८२ लाख २१ हजार ४५९.७१७८ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस