आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको प्रिमियम मूल्यमा आईपीओ आज असार १ गतेबाट बिक्री खुल्ला भएको छ। आज देखि बैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन दिन पाउनेछन् भने अन्य सर्वसाधारणले असार २० गतेदेखि आवेदन दिन पाउनेछन् । नेपालमै पहिलो पटक जीवन बिमा कम्पनी आइएमई लाइफले प्रिमियम मूल्यमा आईपीओ निष्कासन भएको हो।
कम्पनीमा हाल कायम रहेको कूल जारी पूँजी ४ अर्बको ३० प्रतिशतका दरले एक अर्ब २० करोड रुपैयाँ बराबरका एक करोड २० लाख कित्ता आईपिओ निष्कासन गरेको हो । तर, उक्त आईपिओमा १३६.९१ रुपैयाँ थप प्रिमियम मूल्य तिरेर खरिद गर्नुपर्ने हुन्छ ।
प्रिमियम मूल्यमा आईपीओ जारी गरिएकोले प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले सर्वसाधारण र विदेशमा रोजगारीमा गएकाहरुले उक्त आईपीओ खरिद गर्न पाउनेछन् । पहिलो चरणमा कूल निष्कासन भएको आईपीओको एक करोड २० लाख कित्ता साधारण सेयरको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुले आवेदन खुल्ला गरिएको हो।
कूल आईपीओका ५ प्रतिशत अर्थात ६ लाख कित्ता सामुहिक लगानी कोषलाई वितरण गरिनेछ भने ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुको लागि छुटाएर कायम हुने आएको ९६ लाख कित्ता सेयर र बिक्री नभई बाँकी रहेमा यसअघि आरक्षण गरिएको सेयर थप गरी कूल कायम हुन आउने सेयर सर्वसाधारणका लागि बिक्री गरिने बिक्री प्रबन्धक सिभिल क्यापिटलले जनाएको छ ।
कति दिने आवेदन ?
न्यूनतम १० कित्ताका र अधिकतममा १ हजार कित्ता सम्म आवेदन दिन सक्नेछन्।
कहिलेसम्म दिने आवेदन ?
असार १ गतेदेखि १५ गतेसम्म, असार २० गतेदेखि सर्वसाधारणको लागि खुल्ने
कहाँबाट दिने आवेदन ?
नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।
को हो बिक्री प्रबन्धक ?
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटल लिमिटेड रहेको छ।
रेटिङ्ग
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस