Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा सम्पन्न, यी एजेण्डा पारित

अर्थ संसार

शुक्रबार, ०१ असार २०८०, १६ : ०० मा प्रकाशित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको छैठौं साधारण सभा सम्पन्न, यी एजेण्डा पारित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आज (शुक्रबार) कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा सम्पन्न भएको हो । 

सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन, आ.व. २०७८/०७९ को वित्तीय विवरणहरु र लेखापरीक्षकको नियुक्ती गर्ने प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।

सभामा सेयरधनीहरुले उठाएका जिज्ञासाहरुको अध्यक्ष उदय नेपाली श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनीले जवाफ दिएका थिए ।

यस उपलक्ष्यमा कम्पनीलाई यहाँ सम्म पु¥याउन सहयोग गर्ने विमित, अभिकर्ता, एजेन्सी म्यानेजर, नियमनकारी निकाय, संस्थापक, कर्मचारी, पत्रकार तथा सम्पूर्ण शुभचिन्तक तथा सरोकारवाल महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गरे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको