Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफलाई आइपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

अर्थ संसार

शुक्रबार, १५ असार २०८०, १५ : ०३ मा प्रकाशित

रिलायबल नेपाल लाइफलाई आइपीओ निष्कासन गर्न बोर्डले दियो अनुमति

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्कासन गर्ने अनुमति दिएको हो।

बोर्डले कम्पनीलाई १०० अंकित दरमा १५७ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री गर्ने अनुमति दिएको छ। 

कम्पनीले सुरुमा बोर्डमा आईपीओ निष्कासनको अनुमति माग्दा ११२ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ बिक्रीको अनुमति मागेको थियो। पछि पुनः कम्पनीले प्रिमियम मूल्य बढाउँदै १९९ थपेर प्रतिकित्ता २९९ रुपैयाँमा आईपीओ जारी गर्ने अनुमति मागेको थियो। बोर्डले कम्पनीलाई अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ जारी अनुमति दिएको छ। 

अब यो कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्नेछ। आईपीओ बिक्रीबाट कम्पनीले २ अर्ब ९८ करोड ९८ लाख रुपैयाँ सर्वसाधारणबाट संकलन गर्नेछ। कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको