Like us!
Follow us!
Connect us!
Watch us!

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार  ?

अर्थ संसार

आइतबार, ३१ भदौ २०८०, १२ : २० मा प्रकाशित

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कतिमा भयो पहिलो कारोबार  ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार सुचारु भएको छ ।  आज आइतबारको स्पेसन प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएको हो ।

कम्पनीको पहिलो कारोबार प्रति कित्ता ४८६.६ रुपैयाँमा भएको छ । नेप्सेले  कम्पनीको पहिलो कारोबारको लागि १६२.२९ रुपैयाँ देखि ४८६.८७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेकोमा ४८६.६ रुपैयाँबाट कारोबार सुरु भएको हो । 

यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  RNLI सिम्बलबाट कारोबार सुरु भएको हो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको