रिलायबल लाइफको आईपीओमा आवेदन खुलेका पहिलो दिनमै ३ लाख ६२ हजार ७९१ आवेदकले आवेदन दिएका छन् । सिडिएसकाअनुसार आज सोमबार ५ः०६ बजेसम्म १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँ संकलन हुँदा ४४ लाख ५१ ह्जार ७१० कित्ताको लागि आवेदन दिएका हुन् ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गरेर बाँडफाँड गरेपश्चात रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले अब दोस्रो चरणमा सर्वसाधरणलाई पनि आवेदन खुला गरेको छ।
कम्पनीले आज साउन २३ गते देखि प्रिमियम सहितको आवेदन खुला गरेको हो। प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रति सेयर २५७ रुपैयाँमा आईपीओ निष्कासन गरेको हो।
रिलायबलले आफ्नो जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्य १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरि बाँडफाँड गरिसकेको छ।
५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका (१०० रुपैयाँ) छुट्याइएको छ। त्यसपछि सर्वसाधारण लगानीकर्तालाई बाँकी रहेको ९६ लाख कित्ता सेयरका लागि आवेदनको खुलेको हो।
कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस