Like us!
Follow us!
Connect us!
Watch us!

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपियो

अर्थ संसार

सोमबार, ०४ असार २०८०, ०७ : ४८ मा प्रकाशित

घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थपियो

जेठ ३२ देखि खुलेको घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको आईपीओमा सर्वसाधारणले आवेदन दिन आज असार ४ गते अन्तिम दिन कम्पनीले एकाएक आइपीओमा आवेदन दिने समय थप गरेको छ।  प्रिमियम भाउमा खुला भएको आइपीओमा माग भन्दा बढी आवेदन परिसकेको देखिन्छ तर पनि  कम्पनीले आइपीओ भर्ने समय थपेको हो ।

कम्पनीका अनुसार प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपिएको हो। अब असार १४ गतेसम्म आवेदन दिन सकिने र यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगाडी नै पनि आवेदन बन्द गर्न सकिने कम्पनीको भनाई छ। 

सीडीएसकाे पछिल्लाे तथ्याङ्क अनुसार कम्पनीकाे आईपीओमा आइतबार साँझसम्ममा यस आइपीओमा ७ अर्ब ५० करोड ६० लाख ३३ हजार ७५० रुपैयाँ बराबरको आवेदन परेको छ । ४ लाख ४५ हजार ८९० जना सर्वसाधारण लगानीकर्ताले १ करोड ७२ लाख ५५ हजार २५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.४९ गुणा बढी आवेदन हो । 

कम्पनीले १०० अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थप गरेर आइपीओ निष्कासन गरेको हो । अर्थात्  ४३५ रुपैयाँको दरको कुल ६९ लाख ११ हजार ६७० कित्ता आइपीओ सर्वसाधारणको लागि निष्कासन गरेकाे हो । कम्पनीकाे आईपीओ भर्न लगानीकर्ताहरूले कम्तिमा ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ । न्यूनतम भर्दा १० कित्ता भर्नुपर्ने हुन्छ । प्रतिकित्ता मूल्य ४३५ रूपैयाँ रहेकाे हुँदा १० कित्ता भर्न ४ हजार ३ सय ५० रूपैयाँ जम्मा गर्नुपर्नेछ । 

कहिलेसम्म दिने आवेदन ?

निष्कासन बन्द असार १४ गते हुनेछ ।

कति दिने आवेदन ?

न्यूनतम -१० कित्ता
अधिकतम - १० लाख कित्ता

कहाँबाट दिने आवेदन ?

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

को हो बिक्री प्रबन्धक ?

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड र नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

रेटिङ्ग 

 केयर रेटिङ नेपाल लिमिटेडबाट "CARE-NP BBB- (Is) (Tripple B Minus Issuer Rating ) " रेटिङ्ग प्राप्त गरेको छ। "CARE- NP BBB (Is) (Tripple B Minus Issuer Rating )" से कम्पनीको वित्तीय दायित्व बहन गर्ने सुरक्षा क्षमताको मध्यम आधार "Moderate Degree of Safety Regarding Timely Servicing of Financial Obligations" रहेको जनाउँदछ । केयर रेटिङ नेपाल लिमिटेडले NP AAA (Is) देखि CARE- NP D (Is) सम्मको रेटिङ प्रदान गर्दछ जसमा ग्रेड "CARE-NP AAA (Is)" ले सकारात्मक आधार जनाउँछ भने "CARE-NP D (Is)" ले नकारात्मक आधारहरू जनाउँछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको