Like us!
Follow us!
Connect us!
Watch us!

काठमाडौँपछि पोखरामा पनि हिन्दी फिल्म प्रदर्शनमा रोक

अर्थ संसार

सोमबार, ०४ असार २०८०, ११ : २३ मा प्रकाशित

काठमाडौँपछि पोखरामा पनि हिन्दी फिल्म प्रदर्शनमा रोक

बलिउड चलचित्र ‘आदिपुरुष’को संवादलाई लिएर पोखरा महानगरपालिकाले पनि आज (सोमबार)देखि पोखरामा भारतीय चलचित्रको प्रदर्शनमा रोक लगाएको छ ।

पोखरा महानगर प्रमुख धनराज आचार्यले आजदेखि पोखराका सिनेमा हलमा भारतीय चलचित्रलाई प्रतिबन्ध लगाउने निर्णय गरेका हुन् । महानगर प्रमुख आचार्यले सिनेमा हलहरूलाई चलचित्र आदिपुरुषमा भएको त्रुटि नसच्चिएसम्म भारतीय चलचित्र नचलाउन पत्राचार गरेका छन्।

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन’भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शन रोक्ने काठमाडौं महानगरको निर्णयपश्चात पोखरा महानगरले पनि हल सञ्चालकलाई फिल्म नचलाउन निर्देशन दिएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको