Like us!
Follow us!
Connect us!
Watch us!

साङ्गे विद्युतले हकप्रद निष्कासन गर्ने, प्रतिकित्ता मूल्य ५० रुपैयाँ

अर्थ संसार

सोमबार, ०४ असार २०८०, ११ : ३० मा प्रकाशित

साङ्गे विद्युतले हकप्रद निष्कासन गर्ने, प्रतिकित्ता मूल्य ५० रुपैयाँ

साङ्गे विद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले १ : ८ को अनुपातमा ( विद्यमान १ कित्ता सेयर बराबर नयाँ ८ कित्ता सेयरको दरले) प्रति सेयर ५० रूपैयाँका दरले २३ लाख ६८ हजार १ सय २२ कित्ता हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेकाे हाे ।

कम्पनीले सम्पुर्ण शेयरधनीहरुलाई असार १९ गतेदेखि श्रावण २२ गतेभित्र दरखास्त साथ प्रति सेयर ५० रूपैयाँका दरले हुन आउने रकम जम्मा गरी सो को बैंक भौचर दरखास्त फारम साथ संलग्न गर्न आग्रह गरेकाे छ । हाल कम्पनीको प्रति कित्ता सेयरको दर रु. ५० कायम भइसकेकोले आफ्नो सेयर संख्यालाई २ ले गुणा गरी हकप्रद सेयर भर्न कम्पनीले अनुरोध गरेकाे छ ।

सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी शेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबूल नगरिएको सम्पूर्ण हकप्रद सेयरहरु बढी सेयर खरिदका लागि आवेदन दिने सेयरधनीलाई निजको सेयर अनुपातमा बिक्री वितरण गरिने कम्पनीले जनाएकाे छ ।

दरखास्त फारम साङ्गे विद्युत कम्पनी लिमिटेडको कार्यालय  ब्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वरबाट प्राप्त गर्न र त्यही बुझाउन सकिनेछ । सो भरेको फारम र बैंक भौचरको Scanned Copy यस कम्पनीको इमेल ठेगाना [email protected] मा पनि पठाउन सकिनेछ ।

रकम जम्मा गर्नुपर्ने बैंक र खाता नम्बर
बैंक : प्राइम कमर्सियल बैंक लिमिटेड, न्यूप्लाजा, काठमाण्डौं
बैंक खाता नं: ११३००५४०CA

कम्पनीकाे सूचना हेर्नुहाेस् :

648ff03636d26.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको