सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले धितोपत्रको सार्वजनिक निष्कासनमा हुने झूटा आवेदन सम्बन्धी सूचना जारी गरेकाे छ । सिडिएससीले कुनै पनि सेयर निष्कासन गर्दा पर्ने आवेदनकाे झूटा संख्या नदेखाउन आग्रह गर्दै यदि त्यस्ताे कार्य गरेमा कारबाही गर्ने चेतावनी समेत दिएकाे छ ।
आजैको मितिमा सिडिएसले सार्वजनिक गरेको सूचनामा भनिएकाे छ, 'संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झूटा एवं जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐन अनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस