Like us!
Follow us!
Connect us!
Watch us!

ईसेवामार्फत पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न मौका

अर्थ संसार

सोमबार, ०४ असार २०८०, १३ : ३७ मा प्रकाशित

ईसेवामार्फत पहिलो पटक कारोबार गर्दा आइफोन १४ जित्न मौका

भुक्तानी सेवा प्रदायक ईसेवाले पहिलोपटक कारोबार गर्दा आइफोन १४ जित्न सकिने अफर सार्वजनिक गरेको छ । नयाँ तथा एकाउन्ट भएर पनि हालसम्म कारोबार नगरेका ग्राहकलाई लक्षित गर्दै ईसेवाले पहिलो पटक कारोबार गर्दा भाग्यशाली एक जना विजेतालाई आइफोन १४ र १० प्रतिशत क्यासब्याक जित्न सक्ने अफर ल्याएको हो ।

यस योजनामा सहभागी हुन ‘सेन्ड मनी’बाहेक पहिलो पटक कुनै पनि किसिमको शुल्क भुक्तानी वा कारोबार गरेको हुनुपर्ने कम्पनीले जनाएको छ । ‘यस योजनामा प्रोमोकोड फर्स्ट १०’ प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो पहिलो कारोबारमा १० प्रतिशत ९अधिकतम २० रुपैयाँसम्म० क्यासब्याक पाउन सक्नेछन्’ कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

ईसेवाले सार्वजनिक गरेको यो अफर असार २० गतेसम्म लागू हुनेछ । ‘योजनामा सहभागी हुने कुनै पनि अप्रमाणित प्रयोगकर्ता आईफोनको लागि योग्य हुन असार २० गतेभित्र आफ्नो पहिलो कारोबार पूरा गर्नुपर्नेछ’ विज्ञप्तिमा भनिएको छ ‘प्रोमोकोड मार्फत प्राप्त हुने क्यासब्याक रकम २४ घण्टा भित्र सम्बन्धित व्यक्तिको ईसेवा एकाउन्टमा जम्मा हुनेछ ।’ भाग्यशाली आईफोन विजेताको घोषणा असार ३० गते ईसेवाको फेसबुक पेजबाट मार्फत गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको