Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरको प्रमुख लगानी रहेको माथिल्लो ईङवा खोलाको ड्राइ टेस्ट सम्पन्न

अर्थ संसार

मंगलबार, २३ माघ २०८०, १६ : ०४ मा प्रकाशित

अपि पावरको प्रमुख लगानी रहेको माथिल्लो ईङवा खोलाको ड्राइ टेस्ट सम्पन्न

अपि पावर कम्पनी लिमिटेडको बहुमत सेयर लगानी रहेको ईङवा हाइड्रोपावर लिमिटेडको व्यापारिक उत्पादन फाल्गुन मसान्त भित्र सुरु हुने भएको छ । पाँचथर जिल्लामा अवस्थित ईङवा खोलामा निर्माण भैरहेको ९.७ मेगावाट क्षमतको माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको निर्माण कार्य ईङवा हाइड्रोपावर लिमिटेडबाट भैरहको छ ।

रन अफ रिभर प्रकृतिको यस आयोजनाको निर्माण कार्य २०७७ साल माघ १ गते बाट सुरु भई २०८० साल श्रावण मसान्तमा सम्पन्न गर्ने लक्ष्यका साथ कार्य भैरहेको अवस्थामा २०८० साल असार १ र २ गते नेपालको पूर्वि भूभागमा गएको भिषण बाढी पहिरोको कारणले आयोजनामा केही क्षति पुगेको थियो ।

उक्त क्षति पश्चात कम्पनीले पूननिर्माणको कार्य तीब्र गतिमा सम्पन्न गरि २०८० साल फाल्गुन मसान्त भित्र विद्युत उत्पादन गर्ने अवस्थामा पु-याएको छ । आयोजनाबाट उत्पादित विद्युतशक्ति १६ कि.मि. लामो ३३ केभी ट्रान्समिसन लाइन मार्फत अमरपुर सवस्टेशनमा जडान गर्ने लाईन कार्य सम्पन्न भएको छ ।

यस ईङवा हाइड्रोपावर लिमिटेडमा अपि पावर कम्पनी लिमिटेडले १५ करोड बराबरको संस्थापक सेयर लगानी गरेको हो । आयोजना निर्माण पश्चात अपि पावर कम्पनी लिमिटेडलाई यो आयोजनाबाट राम्रो मुनाफा हुने व्यहोरा अपि पावर कम्पनी लिमिटेडका संचालक द्धारिका प्रसाद न्यौपानेले बताए ।

माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजना २०८० साल माघ १९ गते ड्राइ टेस्ट परिक्षण सफल रुपमा सम्पन्न गरी ट्रान्समिशन लाईनलाई चार्ज गर्ने कार्य आगामी १ सातामा सम्पन्न हुने जानकारी ईङवा हाईड्रोपावर लिमिटेडका वित्त प्रबन्धक गोकुल पाण्डेले बताए ।

आयोजनामा गेपर्ट अस्ट्रिया बाट आयात गरिएको अत्याधुनिक प्रविधिको युरोपिन मेसिन जडान गरिएको छ । आयोजनामा ग्लोवल आईएमई बैंक लिमिटेड तथा नबिल बैंक लिमिटेडको लगानी रहेको छ ।

आयोजनाको अनुमानित कुल  लागत रु. २०६ करोड रहेको छ । ईङवा हाईड्रोपावर लिमिटेडमा संस्थापक सेयर ४२ करोड तथा आईपिओ मार्फत बाँडफाँड भएको सर्वसाधारण तर्फको सेयर १८ करोड गरि जम्मा चुक्ता पूँजी रु. ६० करोड रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको