Like us!
Follow us!
Connect us!
Watch us!

सिताबिना भारत र रामबिना नेपाल अपूर्ण छः मन्त्री किराँती

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, १० : ४० मा प्रकाशित

सिताबिना भारत र रामबिना नेपाल अपूर्ण छः मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले सिताबिना भारत अपूर्ण र रामबिना नेपाल अपूर्ण हुने बताएका छन् । आज (मंगलबार) ९औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा बुद्ध भूमी लुम्बिनीमा आयोजित समारोहमा बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली चौधरी र नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तव उपस्थित् रहेको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री किरातीले भने–“सिताबिना भारत अपूर्ण हुन्छ अनि रामबिना नेपाल अपूर्ण हुन्छ भन्ने कुरा हामीले स्थापित गर्नुपर्दछ ।”

उनले भारतको उपमाहाद्धिपबाट प्रारम्भ भएको योग सिन्दुघाँटी सभ्यतासंग जोडिएको उल्लेख गर्दै योग आज विश्वव्यापी रुपमा लोकप्रिय हुँदै गएको सुनाए । योगलाई महर्षी पतञ्जलीले वैज्ञानिक रुपमा शुत्रबद्ध गरेको र जसलाई पतञ्जली शुत्र योग भनिे गरेको बताए । उनले भने,‘योग शुत्र निर्माण गर्न धेरै ऋषिमुनिहरुले योगदान गरेका छन् । गौतम बुद्धको नाम पनि अग्रपँक्तिमा आउँछ ।’-File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको