Like us!
Follow us!
Connect us!
Watch us!

जब पर्यटनमन्त्री किराँतीकै नाममा १०० लिटर डिजेल ठगी भएपछि....

अर्थ संसार

आइतबार, ३१ असार २०८०, ११ : ५२ मा प्रकाशित

जब पर्यटनमन्त्री किराँतीकै नाममा १०० लिटर डिजेल ठगी भएपछि....

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भोजपुरस्थित् एक सरकारी कार्यालयबाट आफ्नो नाममा सय लिटर डिजल ठग्ने समूहलाई कारबाही गर्न त्यहाँका प्रमुख जिल्ला अधिकारी (सीडिओे)लाई निर्देशन दिएको सामाजिक सञ्जालमार्फत् बताएका छन् ।

मन्त्री किराँतीका अनुसार उनी गृहजिल्ला भोजपुरबाट यही असार १८ गते नै काठमाडौं फर्केपनि असार २२ गते भोजपुरको एक सरकारी कार्यालयमा कुनै एक समूह गएर उनको नाममा १०० लिटर डिजल सहयोग बुझिलगेको पाइएको हो ।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘ ‘भन्लान् यो पनि स्टन्ट १ तर मैले भन्नैपर्छ र सबैले जान्नै पर्छ, यो हाम्रो प्रवृत्ति हो, यसको अन्त्य हुनै पर्छ । सानो होस् या ठूलो यो भ्रष्टाचार हो’, उनले भनेका छन्, ‘भ्रष्टाचार हाम्रो शत्रु हो । डिजेल लाने मान्छेको पहिचान गरी तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छु । चाहे जोसुकै परोस् ।’

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको