Like us!
Follow us!
Connect us!
Watch us!

शक्तिमा पुगेपछि मानिस ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने गरेको मन्त्री सुदन किरातीको भनाई

अर्थ संसार

आइतबार, २१ साउन २०८०, १४ : ४४ मा प्रकाशित

शक्तिमा पुगेपछि मानिस ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने गरेको मन्त्री सुदन किरातीको भनाई

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले शक्तिमा पुगेपछि मानिस भूपि शेरचनले लेखेको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने बताएका छन् । 

आज (आइतबार) काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री किरातीले टाउको दुखेको औषधि नाइटोमा लगाउँने दलहरूको प्रवृत्ति पनि उस्तै रहेको बताए ।  

उनले भने ‘ टाउको दुखेको औषधि नाइटोमा लगाइरहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भूपि शेरचनको कविता जस्तै मान्छे घुम्ने कुर्सीमाथि बसिरहेको हुन्छ, अन्धो मान्छे जस्तो हुन्छ ।’ 

मन्त्री किरातीले आम जनतालाई सहभागि गराएर चलाएको अभियान मात्र सफल हुने बताएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको