Like us!
Follow us!
Connect us!
Watch us!

श्रीनगर एग्रीटेक आईपीओमा जाने, नबिल इन्भेष्टमेन्टले परामर्श सेवा प्रदान गर्ने

अर्थ संसार

मंगलबार, ०५ असार २०८०, ११ : ५२ मा प्रकाशित

श्रीनगर एग्रीटेक आईपीओमा जाने, नबिल इन्भेष्टमेन्टले परामर्श सेवा प्रदान गर्ने

श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउँदै नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडसँग सम्झौता गरेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले श्रीनगर एग्रीटेकलाई आईपीओ निष्कासन गर्न परामर्श सेवा प्रदान गर्ने गरी यी दुई पक्षबीच सम्झौता भएको हो । 

आज भएको एक कार्यक्रममा श्रीनगर एग्रीटेकको तर्फबाट प्रबन्ध निर्देशक सतीश श्रेष्ठ र नबिल इन्भेष्टमेन्टको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीष जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

श्रीनगर एग्रीटेकले आईपीओ निष्कासन गर्ने प्रयोजनका लागि कर्पोरेट सल्लाहकार सेवाहरू उपलब्ध गराउन नबिल इन्भेष्टमेन्टसँग सम्झौता गरेको हो । सम्झौता अनुसार नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रीटेकलाई आफ्नो विज्ञता र क्षमताका आधारमा आईपीओ जारी गर्ने सम्बन्धमा परामर्श सेवा प्रदान गर्नेछ ।

यो सम्झौतासँगै नबिल इन्भेष्टमेन्टले श्रीनगर एग्रीटेकलाई आईपीओ जारी गर्न आवश्यक पूर्वतयारीका लागि सघाउनेछ । पूर्वतयारीको काम सकिएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्ड ९सेबोन० को स्वीकृतिपछि मात्रै श्रीनगर एग्रीटेकले आईपीओ जारी गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको