Like us!
Follow us!
Connect us!
Watch us!

पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

अर्थ संसार

बुधबार, ०६ असार २०८०, ०७ : ४१ मा प्रकाशित

पहिलो पटक  पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान हुँदै

अन्तत: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक आज बुधबार अन्तर्राष्ट्रिय उडान हुने भएको छ । सिचुवान एयरलायन्सले पोखरामा सिधा चार्टर उडान गर्न लागेको हो । चीनको छेन्दु–तियान्फु विमानस्थलबाट पोखरामा बुधबार बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने तय गरिएको छ। 

सिचुवान एयरलायन्सको एयरबस ए–३१९ जहाजलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसहितले  ओर्लने यात्रुलाई स्वागत गर्ने कार्यक्रम तय गरिएको हो । 

हाल चीन भ्रमणमा रहनुभएका राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सहित एक सय ३५ जना यात्रु उक्त विमानबाट आउने तय छ। विमानका यात्रुमा फेवातालमा हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन वोट फेस्टिभल’ मा सहभागी हुने चिनियाँ खेलाडी तथा पर्यटक रहेको बुझिएको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको