Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल बैंकर्स संघ र युएसएडबीच सम्झैता, उद्यमीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन अनुसन्धानमा जोड दिइने

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १२ : ०९ मा प्रकाशित

नेपाल बैंकर्स संघ र युएसएडबीच सम्झैता, उद्यमीहरुको वित्तीय क्षेत्रमा पहुँच बढाउन अनुसन्धानमा जोड दिइने

नेपाल बैंकर्स संघ तथा युएसएड ट्रेड कम्पिटिटेभनेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र युएसएड ट्रेड कम्पिटिटेभनेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका हुन्।

यस सम्झौता अनुसार दुई पक्षले विभिन्न क्षेत्रमा सहकार्य गर्दै उद्यमी तथा व्यवसायीहरूको वित्तीय क्षेत्रमा पहुँच बढाउन विभिन्न विषयहरूमा संवाद सञ्चालन गर्नुका साथै नीतिगत मुद्दाहरू र त्यसमा देखिएको जटिलतालाई समाधान गर्न सरोकारवालाहरूसँग छलफल गरी उनीहरूको क्षमता अभिवृद्धि तथा अध्ययन अनुसन्धानमा जोड दिनेछन्। 

प्रमुखतः यो सहकार्यले साना तथा मझौला उद्यमी र विशेष गरी पिछडिएको वर्गलाई वित्तीय समावेशीतामा सहभागी गराउन सहयोगी भूमिका निभाउने विश्वास लिइएको छ। 

बैंक तथा वित्तीय संस्थाहरूकोबीच आपसी समन्वय स्थापना गरी स्वस्थ प्रतिस्पर्धा विकास गर्न, बैंकिङ कारोबारसँग सम्बन्धित नीति तथा पद्धतीमा एकरूपता कायम गर्न बैंक तथा वित्तीय संस्थाहरूको एउटा साझा संस्थाको रूपमा नेपाल बैंकर्स संघको स्थापना भएको हो।

त्यसैगरी, युएसएड ट्रेड कम्पिटिटेभनेस परियोजना व्यवसायिक क्षेत्रको प्रतिस्पर्धात्मक क्षमता अभिवद्धि गर्न, लघु, साना तथा मझौला व्यवसायलाई प्रवर्द्धन गर्न तथा विश्वव्यापी बजारीकरणमा नेपालको कृषि, पर्यटन, डिजिटल सेवा लगायतका क्षेत्रबाट सहभागिता बढाउन विभिन्न निजी तथा सरकारी निकायहरूसँगको सहकार्यमा अघि बढाइएको परियोजना हो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको