Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से घटेपनि बुधबार यी हुन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

अर्थ संसार

बुधबार, ०६ असार २०८०, १५ : २३ मा प्रकाशित

नेप्से घटेपनि बुधबार यी हुन् सर्वाधिक कारोबार हुने टप १० कम्पनी

आज (बुधबार) सेयर बजारमा ओरालो लागेको छ। आज सेयर बजार १४.०५ अंकले घटेर २०५०.७८ को विन्दुमा कायम भएको हो ।

सेयर बजार घट्दा पनि शिवम् सिमेन्ट्स नै सर्वाधिक खरिदबिक्रिको सुचीमा परेको छ। सेयर खरिदबिक्रिको चापमा शिवम् सिमेन्ट परेको छ । कम्पनीको आज २१ करोड २८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, सोल्टि होटल, हिमालयन डिष्टलरी, आइएजीआई प्रुडेन्सियल, नागरिक लगानी कोष, नेपाल लाइफ , एनटीसी, निफ्रा, सूर्या ज्योति लाइफ, एभरेष्ट बैंकको शेयर सर्वाधिक कारोबार भएको छ ।

हिजोको तुलनमा भने कम्पनीको सेयर मूल्य ०.९३ प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य हिजोको तुलनामा ५ रुपैयाँ प्रतिकित्ता झरेर ५ सय ४४ रुपैयाँमा दोस्रो बजारमा कारोबार भईरहेको छ। कम्पनीको सेयर मूल्य बढेर ५६२ रुपैयाँसम्म पुगेको थियो भने यसअघि सबैभन्दा कममा ५३४ रुपैयाँसम्म कारोबार भएको थियो । पछिल्लो महिनाहरुमा कम्पनीको सेयर मूल्य ५ सय मुनि नगएको कारण पनि सेयर लगानीकर्ता ढुक्क भएर लगानी गर्न तर्फ अघि बढेको देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको