नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बुधबार १ कम्पनीको सेयर सूचीकृत भएको छ । स्टकका अनुसार आज हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ सेयर सूचीकृत भएको हो ।
हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको अंकित मूल्य १०० रुपैयाँका दरले ८ करोड २ लाख ३ हजार ८ सय ३६.०२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।
कम्पनीको सेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ३४६.५२ रुपैयाँ ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा बिहिबारदेखि कम्पनीको सेयर कारोबार खुल्नेछ ।
साथै, हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ ।
यस्तो छ नेप्सेले जारी गरेको विज्ञप्ति
साबिकको यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, प्राईम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र गुँराश लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:१:१ को अनुपातमा कायम हुन आएको प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु. १००।- दरको शेयर क्रम संख्या १ देखि ८,०२,०३,८३७ सम्मको कुल ८,०२,०३,८३६.०२ कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम यस स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी संलग्न सम्झौता बमोजिमका शर्तहरु पालना गर्नुपर्ने गरी मिति २०८०/०३/०६ को निर्णयानुसार हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको नामबाट धितोपत्रको सूचीकरण गरी मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको शेयर कारोबार फुकुवा गरिएको व्यहोरा निर्णयानुसार जानकारी गराउँदछु ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस