 
                            भारतीय चलचित्र ‘आदिपुरूष’ राखिएको विवादास्पद शब्द नसच्याएसम्म पालिकामा कुनै पनि हिन्दी चलचित्र चल्न नदिने काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन)को निर्णयविरूद्ध चलचित्र संघले हालेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिएको छ ।
अन्तरिम आदेशमा हिन्दीलगायत कुनै पनि फिल्म रोक नलगाउन र यथास्थितिमा चल्न दिन भनिएको छ । मेयर साहले अदालतको आदेश नमान्ने स्पष्ट पारका छन् । मेयर साहले काठमाडौंका फिल्म हलहरुमा भारतीय चलचित्र प्रदर्शन नरोक्न उच्च अदालतले दिएको आदेश नमान्ने बताएका हुन् ।
सोह विषयलाई लिएर मेयर साहले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, ‘जहाँ सवाल देशको सार्वभौमिकता र स्वाधीनताको आउँछ म कुनै कानुन र अदालतलाई मान्नेवाला छैन । फिल्म लेखकले नेपाल भारतको अधिनमा थियो भनिसकेपछि उनीहरुको नियत थाहा हुन्छ । यो कुरालाई नेपाल सरकारले स्टन्ट भन्नु र अदालतले फिल्म चल्न दिनु भनेको नेपाल भारतको अधिनमा थियो, अदालत र सरकार भारत को गुलाम भएको बुझिन्छ । यसको लागि जुनसुकै सजाय भोग्न तयार छु तर फिल्म चल्दैन र चल्न दिइनेछैन ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस