Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकले गर्यो ‘वीच्याट पे’ सार्वजनिक

अर्थ संसार

विहीबार, ०७ असार २०८०, १४ : ५४ मा प्रकाशित

एनएमबि बैंकले गर्यो ‘वीच्याट पे’ सार्वजनिक

एनएमबि बैंकसगँको साझेदारीमा चीनको सर्वाधिक लोकप्रिय डिजीटल वालेट ‘वीच्याट पे’ आधिकारिक रुपमा पहिलो पटक नेपाली बजारमा सार्वजनिक भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङ, पोखरा महानगरपालिका मेयर धनराज आचार्य, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मी, एनएमबि बैंकका सञ्चालक योगेन्द्र लाल प्रधान, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के।सी लगायत नेपाली र चीनिया अधिकारीहरुको उपस्थितिमा लेकसाईड पोखरामा एक समारोहबीच ‘वीच्याट पे’ सेवाको औपचारिक घोषणा भएको हो ।

उद्घाटन समारोहका प्रमुख अतिथी नेपालका लागि चीनका राजदुत छन सोङले वीच्याट पे क्युआर कोर्डमार्फत स्थानीय व्यवसायीलाई कारोबार गर्न सहजता पुग्ने बताएका थिए । साथै, उनले नेपाल घुम्न आएका चिनियाँ पर्यटकले गर्ने खर्च अब वीच्याटमार्फत गर्न सक्ने र यसबाट चिनियाँ पर्यटकले खर्च गरेको रकम आधिकारिक रुपमा बैंकीङ्ग प्रणाली मार्फत सम्वन्धित सेवा प्रदायक विक्रेताले प्राप्त गर्न सक्ने बताए। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको