हिमाल दोलखा हाइड्रोपावरले जारी गरेको हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको छ। असार १० सम्म समय राखेको कम्पनीको हकप्रदमाआवेदन दिने म्याद थप गर्दै अब असार २५ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको हो ।अर्थात १ः०.७५ अनुपातमा १ करोड २० लाख कित्ता हकप्रद सेयर जारी भएको छ । जसअनुसार यस कम्पनीले १ अर्ब २० करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो।
क-कसले दिन पाउँछन् आवेदन ?
कम्पनीले हकप्रद प्रयोजनका लागि वैशाख २७ गते बुक क्लोज गरिसकेको छ । अर्थात, वैशाख २६ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
कहिलेसम्म दिने आवेदन ?
असार १० गतेसम्म आवेदन दिन सक्ने भनिएकोमा समय थप गर्दै असार २५ सम्म दिन सकिने
काे हाे बिक्री प्रबन्धक ?
कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
हकप्रदमा लक्ष्मी क्यापिटल तथा हिमाल दोलखा हाइड्रोपावर र लक्ष्मी बैंकको इलाम शाखा कार्यालयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
रेटिङ
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले केयर एनपी बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता उच्च जोखिममा रहेको संकेत गर्दछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस