Like us!
Follow us!
Connect us!
Watch us!

साताको पहिलो कारोबारको दिन आज नेप्सेमा उछाल, कारोबार रकम ६ अर्ब माथि

अर्थ संसार

आइतबार, १० असार २०८०, १५ : १३ मा प्रकाशित

साताको पहिलो कारोबारको दिन आज नेप्सेमा उछाल, कारोबार रकम ६ अर्ब माथि

साताको पहिलो दिन आज (आइतबार) नेप्सेमा उछाल आएको छ । आज नेप्से परिसूचक ६२.२१ अंकले बढ्दा नेप्से इन्डेक्स २११७.७३ विन्दुमा पुगेको हो । 

आज नेप्से बढेसँगै ६ अर्ब ४९ करोड ४ लाख १२ हजार ६६५ रुपैयाँको कारोबार भएको छ । त्यस्तै आज क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि बढेको छ । आज ९ दशमलव ६४अंकले बढेको सेन्सेटिभ इन्डेक्स ३९५ दशमलव ४५ विन्दुमा पुगेको छ ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्ट  अग्रिम स्थानमा छ। यसको आज ४९ करोड ९० लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा सोल्टी होटल र हिमालयन डिस्टिलरीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटै उपसूचक बढेर हरियाली छाएको छ। आजको कारोबारमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) र हिमालयन लाइफ इन्स्योरेन्सका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, शिवम पावर र एनआईबिएल ग्रोथ फण्डका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको