Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोपावरको हकप्रद जारी हुने मिति तोकियो, कसले दिन सक्छन आवेदन ?

अर्थ संसार

सोमबार, ११ असार २०८०, ०८ : १९ मा प्रकाशित

नेशनल हाइड्रोपावरको हकप्रद जारी हुने मिति तोकियो, कसले दिन सक्छन आवेदन ?

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद जारी गर्ने मिति तोकेको छ।  यस जलविद्युत कम्पनीले असार २९ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने लागेको हो। कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न प्रस्तावलाई नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको हो। 

कम्पनीका अनुसार कम्पनीले ८२ करोड २१ लाख ४५ हजार ९७१ रुपैयाँ ७८ पैसा बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ हजार ४५९।७१७८ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

क-कसले दिन पाउँछन् आवेदन ?

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले असार १ गते बुकक्लोज गरेको थियो। जस अनुसार जेठ ३२ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

कहिलेसम्म दिने आवेदन ?

हकप्रद सेयरमा साउन १८ गतेसम्म आवेदन दिन सकिनेछ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम  मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेडले गर्नेछ । 

कहाँबाट दिने आवेदन ?
 हकप्रदमा मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

 रेटिङ
 इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको