Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक फण्डको इकाइहरु सूचिकृत, भोलिदेखि कारोबारमा आउने

अर्थ संसार

सोमबार, ११ असार २०८०, १२ : १० मा प्रकाशित

नेप्सेमा एक फण्डको इकाइहरु सूचिकृत, भोलिदेखि कारोबारमा आउने

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक फण्डको इकाइहरु सूचिकृत भएको छ । स्टक अनुसार आज सोमबार आरविवि म्युचुअल फण्ड २  सूचिकृत भएको हो । आरबीबी मर्चेन्ट बैंकिङको सामूहिक लगानी कोष योजनाअन्तर्गत सञ्चालित हुने ‘आरबीबी म्युचुअल फन्ड–२’ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। 

यो योजनाका १० रुपैयाँ अंकित दरका कुल ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो। यो योजनाका कुल १२ करोड इकाइ बिक्री खुला गरिएकोमा वितरण गरिएको ८ करोड ४६ लाख ११ हजार ९२९ इकाइ नेप्सेमा सूचीकृत भएको हो। नेप्सेले यो योजनालाई ‘आरएमएफ२’ कारोबार संकेत प्रदान गरेको छ। यो योजनाका इकाइहरु भोलि (मंगलबार)बाट कारोबारमा आउनेछन्। 


यस्तो छ कम्पनीले जारी गरेको सूचना:

आज मिति २०८०/०३/११ गते सोमवार नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच प्रति इकाई मूल्य रु. १०।- कायम भएको क्रम संख्या १ देखी ८, ४६,११,९२९ सम्मको कुल ८,४६,११,९२९ इकाई सामूहिक लगानी कोष आरविवि म्युचुअल फण्ड २ सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । कम्पनीको दोस्रो बजार कारोबारको लागि उक्त धितोपत्रको Stock Symbol RMF2 कायम गरिएको छ । कम्पनीले सर्वसाधारण समक्ष आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत् १२,००,००,००० इकाई धितोपत्र खुल्ला बिक्री आव्हान गरेको मध्ये वितरण गरिएको जम्मा ८,४६,११,९२९ इकाई धितोपत्र (सामूहिक लगानी कोष इकाई) धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम मिति २०८०/०३/०७ गतेको निर्णयानुसार यस स्टक एक्सचेञ्ज लिमिटेडमा सूचीकरण गरिएको हुँदा सरोकारवाला सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।

पुनश्च : मिति २०८०/०३/११ मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड बीच धितोपत्र सूचीकरण सम्झौता सम्पन्न भएको दोस्रो दिनवाट उक्त कम्पनीको धितोपत्रको दोस्रो बजारको कारोबार शुरु हुनेछ । प्रस्तुत कम्पनीको प्रधान कार्यालय का.म.न.पा. वडा नं. १२, टेकु, काठमाडौं रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको