Like us!
Follow us!
Connect us!
Watch us!

ऋणीलाई नेपाल बैंकको आग्रह– ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउनुस्

अर्थ संसार

मंगलबार, १२ असार २०८०, १२ : १८ मा प्रकाशित

ऋणीलाई नेपाल बैंकको आग्रह– ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउनुस्

नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आग्रह गरेको छ । बैंकले आज (मंगलबार) एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । 

बैकले २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको छ।

उक्त ब्याज छुट सुविधाको विशेष व्यवस्था यही असार मसान्तसम्म मात्र रहेको बैंकले प्रष्ट्याएको छ। सो अवसरको फाइदा लिई ऋणमुक्त हुन पनि बैंकले आग्रह गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको