Like us!
Follow us!
Connect us!
Watch us!

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका नेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

अर्थ संसार

आइतबार, ३० मंसिर २०८१, ११ : १८ मा प्रकाशित

भ्रष्टाचार मुद्दामा दोषी ठहरिएका नेपाल बैंकका उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ

अख्तियारको दुरुपयोग गरी भ्रष्टाचारी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशिकिरण श्रेष्ठ प्रकाउ परेका छन् ।

श्रेष्ठलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले १३ वर्षपछि शुक्रबार पक्राउ गरेको हाे।

नेपाल बैंकमा कार्यरत रहेको बेला विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख  ३१ हनार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार‌ गरेको कसुरमा उनी दोषी ठहर भएका थिए ।

उनीमाथि छुट्टाछुट्टै दुईवटा मुद्दामा प्रतिमुद्दा ६ महिना कैद सजाय तोकिएको थियो । विशेष अदालत काठमाडौंले २०६८ भदौ ६ गते श्रेष्ठसहित ऋणी लक्ष्मीप्रसाद  आचार्यसमेतका व्यक्तिहरुलाई दोषी ठहर गरी सजाय सुनाएको थियो ।

सोही फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्द‌मोहन भट्टराईको इजलाशबाट सदर भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको