आज (मंगलबार) नेप्से परिसूचक ५६.९४ अंकले बढेको छ । नेप्से ५६.९४ अंकले बढ्दा नेप्से इन्डेक्स २१८६.३६ विन्दुमा पुगेको हो । नेप्सेमा उछाल आएसँगै आज कारोबार रकमपनि उछाल आएको छ । आज ५ अर्ब ४७ करोड ६२ लाख ८७ हजार माथिको कारोबार भएको हो ।
आज १८७ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ३४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । नेप्सेमा बढेसँगै आज स्वाबलम्बन लघुवित्त वित्तिय संस्थाको कारोबार अब्बल रह्यो । आज माइक्रोफाइनान्समा लगानीकर्ताहरुको आकर्षण देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस