Like us!
Follow us!
Connect us!
Watch us!

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको नाममा ललिता निवासको २९ रोपनी जग्गा फेला

अर्थ संसार

बुधबार, १३ असार २०८०, १४ : ३४ मा प्रकाशित

भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङको नाममा ललिता निवासको २९ रोपनी जग्गा फेला

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको नाममा ललिता निवासको २९ रोपनी जग्गा फेला परेको छ । आज बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले पत्रकार सम्मेलनमार्फत अनुसन्धानको क्रममा यस्तो भेटिएको जानकारी दिएको हो ।

गुरुङले ललिता निवासको जग्गा आफू र आफ्ना परिवारको नाममा राखेको भेटिएको सिआइबीले जानकारी दिएको छ । उक्त अनुसन्धानले गुरुङ र उनको परिवार साथै भाटभटेनी डेभलपमेन्ट कम्पनी प्रा.लिको नाममा २९ रोपनी १५ आना ३ पैसा जग्गा राखेको भेटिएको हो ।

सीआइबीले गुरुङलाई ललिता निवास प्रकरणमा मंगलबार पक्राउ गरेका थिए । उनी सहित थप चार जना पक्राउ परेका हुन् । उनीहरुलाई हिरासतमै राखी प्रहरीले अनुसन्धान गर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको