Like us!
Follow us!
Connect us!
Watch us!

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको बचाउमा किन उत्रियो निजी क्षेत्रका तीन संगठन?

अर्थ संसार

मंगलबार, २६ असार २०८०, १४ : ४९ मा प्रकाशित

भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङको बचाउमा किन उत्रियो निजी क्षेत्रका तीन संगठन?

ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको बचाउमा निजी क्षेत्र एकजुट भइ एउटै गाथा गाउँन थालेका छन् । उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स गुरुङको बचाउमा उत्रिएका हुन् । उनीहरु एक विज्ञप्ति जारी गर्दै उनको बचाउमा एउटै स्वरमा बोलिरहेका छन् । 

निजी क्षेत्रका तीनवैटै संगठनले आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै अदालतले दोषी ठहर नगरेका गुरुङलाई थुनामा राखेर व्यवसायीलाई त्रसित बनाइएको आरोप लगाएका छन् । 

‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागीदार हुनुपर्छ र कारबाही गरिनुपर्छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘तर कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन । यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं ।’

उनीहरुले मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा निजी क्षेत्र रहेको उल्लेख गरको छन् । उनीहरुले न्यून मागका कारण लगानी विस्तार हुन नसक्दा कुल ग्राहस्थ्य उत्पादन अपेक्षितभन्दा ६ प्रतिशत विन्दु कम भएको छ भने राजश्व संकलन गत वर्षभन्दा १३ प्रतिशतले घटेको उल्लेख गरेका छन् ।

ललिता निवासको सरकारी जग्गाको केही कित्ता गुरुङ र उनको परिवारको सदस्यको नाममा भेटिएपछि उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनी अहिले प्रहरी हिरासतमा छन् । प्रहरीले यो प्रकरणमा संगठित अपराध कसुरमा पनि अनुसन्धान गरिरहेको छ । 

तीन वटै निजी क्षेत्रका छाता संघहरुले जारी गरेको संयुक्त विज्ञप्ती यस्तो छ:

मुलुकको अथर्तन्त्रमा ८१ प्रतिशत हिस्सा रहेको निजी क्षेत्र अहिले समस्यामा छ । न्युन मागका कारण लगानी विस्तार हुन नसक्दा कुल गार्हस्थ्य उत्पादन अपेक्षित भन्दा ६ प्रतिशत विन्दु कम भएको छ भने राजश्व संकलन गत बर्षभन्दा १३ प्रतिशतले घटेको छ । दश महिनायता मुल्य वृद्धिदर ७ प्रतिशत माथि छ । 

उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा वहुआयामिक असर परेको हो । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ । 

कानून विपरित काम गरेको प्रमाणित भएमा जो कोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ । तर कुनै पनि विषयमा आरोप लाग्दैमा  उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुदैन । यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं । 

सम्मानित अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट निजी क्षेत्र पनि त्रसित हुन पुगेको हामीलाई महसुस भएको छ । त्यसैले कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । राज्यको यस्तो प्रबृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी क्षेत्र हार्दिक आग्रह गर्दछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको